शाहरुख खानका छोरा कम्तीमा तीन दिनसम्म जेलमा बस्नुपर्ने
ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको समस्या बढेको छ । सेसन कोर्टमा ११ अक्टोबर हुने सुनुवाई अब १३ अक्टोबरमा हुनेछ । यसकारण अब आर्यनले कम्तीमा तीन दिनसम्म जेलमा बन्द हुनुपर्नेछ । यो विषयमा एनसीबीले जवाफ दर्ता गर्नुपर्ने थियो जसका लागि उनीहरुले बुधबारसम्मको समय मागेका छन् ।
एनसीबीले माग्यो बुधबारसम्मको समयः
एनसीबीले कागजातको काम बाँकी नै भएको भन्दै बुधबारसम्म जवाफ दिनका लागि समय माग गरेको छ । उनीहरुका अनुसार हाल कागजपत्रका केही काम बाँकी छन् जसका कारण उनीहरुलाई समय लागिरहेको छ । एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ दर्ता गरेको छ । आर्यनको केस हेरिरहेका उनका वकिल सतिश मानशिन्दे र अमित देसाई अदालत पुगेका थिए । साथै शाहरुख खानकी म्यानेजर पूजा ददलानी पनि अदालत पुगेकी थिइन् । तर दुई दिनपछि १३ अक्टोबरको सुनुवाईको आदेशपछि सबैजना फिर्ता हुनुपरेको छ । स्मरण रहोस्, आर्यन यतिबेला आर्थर रोड जेलमा बन्द छन् र अब उनले थप तीन दिन जेलमा बिताउनुपर्नेछ ।
मजिस्ट्रेट कोर्टमा खारेज गरिएको थियो आर्यनको जमानत याचिका
यसअघि ८ अक्टोबरमा मुम्बईको मजिस्ट्रेट कोर्टले आर्यन खानको जमानत याचिका खारेज गरिदिएको थियो । मजिस्ट्रेट आर एम नेरलिकारले आर्यनका वकिल र एनसीबीबीच लामो बहसपछि निर्णय सुनाएको थियो ।
स्मरण रहोस्, आर्यन खान १४ दिनको हिरासतमा छन् । ड्रग्सको यो केसमा एनसीबीले थप २० जनालाई पक्राउ गरेको छ जसमा दुई विदेशी नागरिक पनि समावेश छन् ।
शनिबार ९ अक्टोबरमा एनसीबीले शाहरुख खानका ड्राइभरलाई पनि सोधपुछका लागि बोलाएको थियो । जानकारीका अनुसार ती ड्राइभरले आर्यन र अरबाज मर्चेन्टलाई क्रुज टर्मिनलमा छोडेको स्वीकार गरेका थिए । एनसीबीले ड्राइभरसँग लगभग १२ घण्टासम्म आर्यन र उनका साथीको क्रियाकलापको विषयमा सोधपुछ गर्यो ।
स्रोतबाट प्राप्त जानकारीमा अबको दिनमा शाहरुख खानका ड्राइभरको बयान एनसीबीले अदालतमा प्रयोग गर्ने बताइएको छ । एनसीबीले आर्यन खानको जमानतका लागि प्रस्तुत गरिने सम्पूर्ण प्रमाणमाथि विरोध गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण