किशोरका किस्सा : काँग्रेसको प्रतिबन्धदेखि निर्देशकसँग अनौठो मागसम्म
चर्चित गायक तथा अभिनेता किशोर कुमारको निधन भएको ३४ वर्ष पुगेको छ । १३ अक्टोबर १९८७ मा ५८ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको थियो । जति सुन्दर उनको आवाज थियो, त्यतिनै रोचक उनको जीवन थियो । यहाँ उनको जीवनका केही रोचक किस्साहरु प्रस्तुत गरिएको छ :
काँग्रेसले गरेको थियो प्रतिबन्ध
यो ८० को दशकको कुरा हो, जब भारतमा आपत्काल लागू गरिएको थियो । त्यही दौरान काँग्रेसले किशोर कुमारलाई एक गीत गाउन आग्रह गरेको थियो । तर, उनले त्यसलाई अस्वीकार गरे । यसबाट रुष्ट बनेको काँग्रेसले अल इन्डिया रेडियोमा किशोर कुमारको गीतमाथि प्रतिबन्ध नै लगाएको थियो । उनीमाथि प्रतिबन्ध लगाउने काँग्रेस नेता विद्याचरण शुक्लको पछि नक्सली हमलामा मृत्यु भयो ।
बीआर चोपडासामु राखे अनौठो शर्त
किशोर कुमारको ‘विनोदी’ स्वभावको शिकार एक बार चर्चित फिल्म निर्माता बलदेव राज चोपडा पनि भएका थिए । किशोरका भाई अशोक कुमार र बीआर चोपडा सुरुदेखि नै मित्र थिए । तर जब पारिवारिक सम्बन्धबीच किशोरले चोपडासँग काम माग्न गए, तब उनले केही शर्तहरु राखेका थिए । त्यसपछि किशोरले ‘आज मेरो खराब समय चलिरहेको छ, त्यसैले तपाईंले शर्त राखिराख्नु भएको छ, जब मेरो समय आउनेछ, तब म पनि शर्त राख्नेछु’ भनेका थिए ।

यो कुरालाई बाँकी सबैले बिर्सिसकेका थिए । तर, किशोरले भने कहिल्यै बिर्सेनन् । धेरै पछि जब बीआर चोपडाले उनीसँग आफ्नो प्रोजेक्टमा कामद गर्नका लागि आग्रह गरे, किशोरले शर्त राखे कि बीआरले धोती लगाएर, खुट्टामा मोजा र जुत्ता लगाएर आउनुपर्ने शर्त राखे । ‘मलाई साइन गर्ने हो भने पान खाएर आउनुहोला । त्यो पनि र्याल चुहाउँदै जसले तपाईंको मुख रातो देखियोस् । रोचक कुरा, त्यतिबेला चोपडा पान पनि खाँदैन थिए, धोती पनि लगाउँदैन थिए ।
जब ऋषिकेश मुखर्जीलाई गार्डले भगाएका थिए
एकपटक एक प्रोजेक्टका लागि चर्चित निर्देशक किशोर कुमारसँग भेट्न उनको घर गएका थिए । तर, गार्डले उनलाई प्रवेश गर्नै दिएनन् र बेइज्जत गरेर भगाएका थिए । यो एक उल्झनको कारण भएको थियो ।
किशोरले एक बंगाली अर्गनाइजरका लागि शो गरेका थिए । जसमा उनलाई पैसा दिइएन । रिसाएका किशोरले आफ्नो गार्डलाई कुनै ‘बंगाली बाबु’ आए भने भित्र आउन नदिन निर्देशन दिएका थिए । उता ऋषिकेष मुखर्जी पनि बंगाली नै थिए । गार्डले उनलाई अर्गनाइजर ठानेर भगाएका थिए ।

किशोर कुमारबाट सावधान
मानिसहरुले घरमा ‘कुकुरदेखि सावधान’ को बोर्ड लगाउँछन् । तर, किशोर कुमारले आफ्नो घरबाहिर ‘किशोर कुमारदेखि सावधान’ को बोर्ड लगाएका थिए । एक पटक निर्माता–निर्देशक एचएस रवैल उनलाई पैसा दिन घर गएका थिए । पैसा दिएपछि उनले हात मिलाउन थालेपछि किशोर कुमारले उनको हात टोकेका थिए । रवैल तर्सिएपछि किशोरले भने, ‘तपाईंले साइनबोर्ड हेर्नुभएन ?’
सिन सकिएपछि पनि घण्टौँ कारमा
किशोर कुमारको अनौठो क्रियाकलापबाट आजित एक निर्देशकले अदालतको मद्दत मागेका थिए । त्यसपछि शुटिङका दौरान किशोरले भनेको कुरा नमाने मुद्दा चलाउन पाउने सम्झौता गरे । त्यसपछि किशोर समयमा नै सेटमा पुगेर निर्देशकले भनेको मान्न थाले । एक सिनका दौरान निर्देशकले मैले कारबाट निस्किन भनेको छैन भनेपछि उनले घण्टौँ त्यही कारमा बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण