डोटीमा बाढी-पहिरो : थप २ जनाको मृत्यु
बुधबार, ०३ कात्तिक २०७८, १० : २९
चार दिनदेखिको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण जिल्लामा मङ्गलबार नौ जना मृत्यु भएको थियो । जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र