जेलबाट छुटेलगत्तै शिल्पाका पतिले सर्लिनलाई दिए धम्की
बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा भर्खरैमात्र जमानतमा छुटेका छन् । उनी दुई महिनाअघि पोर्न फिल्म बनाएको अभियोगमा जेल परेका थिए । रिहा भएपछि राज कुन्द्राले आफुविरुद्ध अभिव्यक्ति दिनेहरुसँग बदला लिन थालेका छन् ।
उनले अभिनेत्री सर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गराउने धम्की दिएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।
सर्लिनले माफी नमागे उनीविरुद्ध ५० करोड भारुको माग दाबीसहित मानहानीको मुद्दा अघि बढाइने नोटिसमा उल्लेख छ । ‘सर्लिन चोपडका तर्फबाट राज कुन्द्रा र श्रीमती शिल्पा सेट्टी कुन्द्राविरुद्ध लगाइएका सबै आरोप मनगढन्ते, झुठा, नक्कली, तुच्छ र निराधार छन् ।
बदनाम गर्ने गोप्य उद्धेश्यले यो आरोप लगाइएको छ र यो पैसा असुल्ने एउटा षड्यन्त्र पनि हो । यसबारे सर्लिन चोपडालाई पनि जानकारी छ,’ राज कुन्द्राका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण