आज रिहा होलान् त आर्यन खान ?
मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ । आजै यही मामिलामा पक्राउ परेका फेशन मोडल मुनमुन धचेवाको जमानत याचिकाको विषयमा पनि सुनुवाई रहेको छ ।
खबरका अनुसार बम्बे हाइकोटले आर्यन खानको जमानत याचिका ५७ औँ नम्बरमा सूचीकृत गरेको छ । अरबाज मर्चेन्टको जमानत याचिका भने ६४ औँ नम्बरमा छ ।
आर्यनको याचिकाको विषयमा सुनुवाई हुने दिन भएकोले आज शाहरुख र गौरीका लागि महत्वपूर्ण दिन हो । हाइकोर्टले आर्यनलाई रिहाई गर्छ वा एनसीबीले उनको विषयमा नयाँ बाधा ल्याउँछ, त्यो भने प्रतीक्षाको विषय हो ।
यदि आज आर्यनलाई जमानत मिलेन भने उनको मुश्किल झनै बढ्नेछ । किनभने अब अदालत अक्टोबर २९ सम्म खुल्नेछ । त्यसपछि शनिबार र आइतबार बिदा छ । त्यसपछि फेरि दीवालीको बिदा सुरु हुन्छ । शनिबार अदालतमा केसको फाइलिङ त हुन्छ । सुनुवाइको फैसला न्यायाधीशले चाहे भने लिन सक्नेछन् ।
यस अगाडि सेशन कोर्टले ४ पटक आर्यनको जमानत रद्द गरिसकेको छ । एनडीपीएस कोर्टले २० अक्टोबरमा उनको जमानत याचिका रद्द गरेको थियो । त्यसपछि आर्यनको वकिल सतीश मानशिन्देको रोवरमा उनको टिम हाईकोर्ट पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण