रत्ना पाठकले नसीरुद्दीन शाहरुसँगको जीवनलाई ‘सम्भोगदेखि सन्याससम्म’ बताइन् : भनिन्, ‘सन्यास लिन मात्रै बाँकी’
नायिका रत्ना पाठकले एक अन्तरवार्ताका बेला आफ्ना श्रीमान् नसीरुद्दीन शाहसँग आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेकी छिन् । उनले पछिल्ला वर्षमा उनीहरुको सम्बन्ध कसरी अघि बढ्यो भन्ने जानकारी दिएकी छिन् । यी दुईले आफ्नो यात्राको सुरुवात थिएटरबाट गरेका थिए र उनीहरुको विवाह भएको पनि ३९ वर्ष पुगिसकेको छ । रत्ना र नसीरुद्दीनले पहिलो पटक नाटक ‘सम्भोगदेखि सन्याससम्म’ मा एउटै स्टेज सेयर गरेका थिए र यसबारे रत्नाले ठट्टा गर्दै यो उनीहरुको वास्तविक जीवनको कहानी भएको बताएकी छिन् ।
नसीरुद्दीनसँग आफ्नो सम्बन्धलाई आशीर्वादजस्तै मान्छिन् रत्नाः
रत्नाले भनिन्, ‘हामी एक–अर्काको प्रेममा परेका थियौं, त्यसपछि हामी एक–अर्काको नजिक भयौं । हामीले जुन पहिलो थिएटर गरेका थियौं, त्यसको टाइटल ‘सम्भोग से सन्यास तक’ थियो र यो हाम्रो जीवनको कहानी हो । सन्यास लिन मात्रै बाँकी छ । ’
उनले थपिन्, ‘यो एउटा यस्तो सम्बन्ध हो, जुन निकै उपयोगी रहेको छ । यो बराबरी र दोस्तीको सम्बन्ध रह्यो, यो हाम्रो लागि आशीर्वादजस्तै हो । हामी असाध्यै राम्रो साथी बनेका थियौं र धेरै नै मिल्ने साथी बनिरहन चाहन्छौं ।’
नसीरुद्दीन रत्नालाई उत्कृष्ट बन्नका लागि प्रेरित गर्छन्ः
रत्नाले आफू असाध्यै अल्छी भएको बताउँछिन् । उनका अनुसार नसीरुद्दीनले उनलाई कडा मिहिनेत गर्नका लागि प्रेरित गर्ने गर्छन् । उनले भनिन्, ‘उनको कडा मिहिनेत गर्ने क्षमता छ । उनी असाधारण रुपमा मिहिनेती अभिनेता हुन् जसले मलाई थप उत्कृष्ट गर्नका लागि प्रेरित गर्छन् । म असाध्यै अल्छी छु । खासै मिहिनेती छैन । त्यसैले नसिरलाई हेरेरै भएपनि मैले कडा मिहिनेत गर्नुपर्छ ।’
फिल्म ‘हम दो हमारे दो’ मा देखिनेछिन् रत्नाः
रत्ना अब अभिषेक जैनको निर्देशनमा बनेको फिल्म ‘हम दो हमारे दो’ मा परेश रावलसँग देखिनेछिन् । यसमा राजकुमार राव र कृति सेनन मुख्य जोडीको रुपमा छन् । यो फिल्म २९ अक्टोबरमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण