फिल्मको एउटा दृश्यका लागि १ सय हात्तीको अडिशन
ऋतिक रोशन र ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती थिएन । फिल्ममा ठूलै लगानी गरिएको थियो । यस फिल्मसँग जोडिएको एउटा किस्साले कसरी पैसाको खोलो फिल्ममा बगाइएको थियो भन्ने पुष्टि गर्छ । फिल्मका सह निर्माताका तथा निर्देशक आशुतोष गोवारिकरकी पत्नी सुनिता गोवारिकरका अनुसार यस फिल्ममा एउटा सिनका लागि आशुतोषले १ सयवटा हात्तीहरुको अडिशन लिएका थिए । सुनिताले आफ्नो इन्स्टाग्राममार्फत भिडियो शेयर गर्दै यस किस्सा सुनाएकी हुन् । सुनिताले यति धेरै हात्ती किन चाहिन्छ भनेर आशुतोषसँग सोधेकी पनि थिइन् । आशुतोषको जवाफ थियो, ‘भाले हात्ती निकै आक्रामक हुन्छ । त्यसैले कलाकार तथा प्राविधिकको सुरक्षाका लागि महिला हात्तीहरु पनि ल्याउनु जरुरी छ ।’
आशुतोषले सबै हात्तीहरु एकै आकारको हुनुपर्ने माग पनि गरेका थिए । यसरी यी हात्तीहरुलाई सेटमा ल्याइयो । त्यसपछि आशुतोषले नाम लिएर उनीहरुलाई बोलाउन थाले । यसमध्ये ८० वटा हात्ती फिल्ममा देखिए । आईएमडिबीका अनुसार फिल्मको सुटिङका १ सय घोडा र ५५ ऊँट पनि प्रयोग गरिएको थियो । ऋतिक रोशन हात्तीहरुसँग् समय बताउथें, ताकि उनीहरुसँग घुलमिल हुन सकियोस् । ऋतिकको गन्ध र आवाजलाई समेत हात्तीहरुले चिन्न थालिसकेका थिए ।
फिल्ममा भव्य सेट, शानदार एक्सन सिन, रोमान्टिक गीत, ऋतिक रोशन र ऐश्वर्या राय बच्चनको केमेस्ट्रीलगायत धेरै विशेषता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण