बराबरीमा रोकियो रियल

रियल म्याड्रिड ओसासुनासँग खेल्दै गोलअन्तरको आधारमा स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्लो एन्चेलोटीको टोलीसँगै सेभिया, रियल बेटिस र रियल सोसिडाडको समान २१ अङ्क रहेको छ ।
छैटौँ स्थानमा रहेको ओसासुना शीर्ष स्थानको टोलीभन्दा मात्र २ अंकले पछि रहेको छ । खेलमा ओसासुनाका जोन मोनकायोलाको प्रहार पोष्टमा लागेको थियो । उता, खेलमा रियलले गोलका धेरै अवसर सिर्जना गरेको थियो । करिम बेन्जेमाको दुईवटै प्रहार गोलमा परिणत हुन सकेन भने कासिमेरो पनि लङ रेञ्ज प्रहारबाट गोल नजिक पुगेका थिए ।
स्यान्टियागो बर्नेबाउमा ओसासुनाले सन् २००५ पछि पहिलोपटक अङ्क बटुल्न सफल रह्यो । यसअघि रियलले आफ्नो घरेलु मैदानमा लगातार ११ पटक जित हासिल गरेको थियो । बुधबार राति भएका अन्य खेलमा बार्सिलोना रायो भायोकानोसँग १–० ले पराजित भयो भने सेभिया मायोर्कासँग १–१ को बराबरीमा रोकियो । रियल बेटिसले भ्यालेन्सियालाई ४–१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?