जन्मदिन अघि शाहरुखलाई राहत : आर्यनलाई धरौटीमा रिहा गर्न आदेश
लागु औषध मामिलामा मुम्बईको आर्थर रोड जेलमा रहेका आर्यन खानले पक्राउ परेको २६ औँ दिनमा जमानत पाएका छन् । २ नोभेम्बरमा उनको पिता शाहरुख खानको जन्मदिन हो । अब शाहरुखले छोरासँगै जन्मदिन मनाउन पाउने भएका छन् ।
अदालतले आर्यनसँगै मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई पनि धरौटीमा छाड्ने आदेश दिएको छ । यद्यपि अदालतको आदेशको प्रतिलिपि प्राप्त नगरेका कारण तीनै जना शुक्रबार अथवा शनिबारसम्म रिहा हुने बताइएको छ ।
बिहीबार बम्बे हाइकोर्टमा दिउँसो तीन बजेदेखि यस विषयमा सुनुवाइ सुरु भएको थियो । अपराह्न ४ः४५ बजे अदालतले यस मामिलामा फैसला सुनाएको थियो । आरोपीहरूको जमानतको विरोध गर्दै एडिशनल सोलिसिटर जनरल अनिल सिंहले एनसीबीको तर्फबाट बहस गरेका थिए । तर, अदालतले आरोपीहरूलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ ।
सिंहको तर्क थियो, आर्यनलाई धरौटीमा रिहा गरियो भने प्रमाणहरुसँग छेडछाड हुन सक्छ । आर्यन केही वर्षदेखि लागु औषध लिइरहेको र उनले नै अरूलाई पनि लागु औषध उपलब्ध गराउने गरेको पनि सिंहको भनाइ थियो । तर, सुनुवाइका दौरान आर्यनका वकिलले यस मामिलामा आर्यनको साथबाट लागु औषध बरामद नभएको र उनलाई हिरासतमा राख्ने कुनै कारण नभएको तर्क राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण