शनिबार मिस युनिभर्स नेपाल छानिने, यस्ता छन् १६ प्रतियोगी
‘मिस युनिभर्स नेपाल २०२१’ विजेता शनिबार अर्थात १३ कात्र्तिकमा घोषणा आयोजना हुँदैछ । प्रतियोगिताको शीर्ष उपाधिका लागि निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन १६ जना भिड्दैछन् ।
आयोजक उमङ्ग क्रियसनले बिहीबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको बताएको छ । सोही अवसरमा आयोजकले प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा प्रशोधन कम्पनि ओरिफ्लेम जोडिएको जानकारी दियो ।

याक एण्ड यतिमै आयोजना फाइन स्पर्धामा १६ प्रतियोगीबाट शीर्ष १०, ५ हुँदै बिजेता छानिनेछन् । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमङ्ग क्रियसनले गत बर्षबाट प्रतियोगी पठाउन थालेको हो ।
गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् । कार्यक्रममा विभिन्न आधा दर्जन शीर्षकमा उपविजेता समेत छानिने आयोजकले जनाएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण