‘मैले ५० वर्षमा कमाउन नसकेको आलियाले २ वर्षमै कमाइसकिन्’
बलिउड नायिका आलिया भट्टले सन् २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट इन्डष्ट्रिमा कदम राखेकी थिइन् । आज उनी बलिउडकी चर्चित अभिनेत्रीमा गनिन्छिन् । हालै एक अन्तरवार्ताका बेला महेश भट्टले छोरी आलिया भट्टको तारिफ गरे । साथै, उनले आलिया भट्टले दुई वर्षमा जति कमाइन्, त्यति कमाउन उनलाई ५० वर्ष लागेको बताए । यसका साथै महेश भट्टले आलियाको उपलब्धिबारे पनि कुराकानी गरेका छन् ।
महेश भट्टले यसो भनेः
आलिया भट्टको काम गर्ने तरिकाबारे महेश भट्टले ऐल म्यागजिनसँगको अन्तरवार्तामा भने, ‘ऊ आफ्नो आमा–बुवा जस्ती छैन । उभित्र एउटा आगो छ । म एक फिल्म निर्माता थिएँ, इन्डष्ट्रिको आडमा मैले काम गरेँ । हाम्रो घर फिल्मी दुनियाँका सेलिब्रिटीको पार्टीको अड्डा हुँदैनथ्यो । मैले बाँच्नका लागि फिल्म बनाएँ, यो कुरा आलियामा पनि आएको छ । बाँच्नका लागि तपाईंले काम गर्नुपर्छ । आलिया निकै फोकस भएर काम गर्छिन् ।’
महेश भट्टले थपे, ‘संसारमा मानिसहरुले तपाईंलाई जज गर्नेछन् । एक पर्फमर हुनका लागि तपाईं असाध्यै आत्मविश्वासी हुनुपर्छ । म ती सबैलाई असाध्यै इज्जत गर्छु, जसले फिल्म बनाउँछन् । बाटोमा आउने सबैकुरा पचाउनु पर्छ । लडेपनि उठ्नुपर्छ र पुनः हिँड्नुपर्छ । यो ती मानिसहरुका लागि असाध्यै महत्वपूर्ण कुरा हो जो इन्डष्ट्रिमा भर्खरै प्रवेश गरेका छन् र जवान छन् । सफलताको सिँढी चढिरहेका छन् । आज आलियाले दुई वर्षमा त्यति कमाएकी छिन् जुन मैले ५० वर्षमा मात्रै गर्न सकेको छु ।’
आलिया भट्टको कामको कुरा गर्नुपर्दा उनी रणबीरसँग फिल्म ब्रह्मास्त्रमा देखिनेछिन् । फिल्ममा आलिया, रणबीर कपुर र अमिताभ बच्चन मुख्य भूमिकामा छन् । यो फिल्मार्फत् रणबीर र आलिया पहिलो पटक सँगै काम गरिरहेको देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण