जेल बाहिर पुग्यो शाहरुख खानको गाडी, केही बेरमै आर्यन खान रिहा हुँदै
करिब चार हप्तापछि बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । बिहिबार २३ वर्षका आर्यन खानलाई बम्बे उच्च न्यायालयले एक क्रुजमा ड्रग्स मामिलामा जमानत दिएइको थियो तर उनले थप एक रात जेलमा नै बिताउनु परेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आर्यन ११ बजेसम्म रिहा हुन सक्छन् । जमानतसँग सम्बन्धित दस्तावेज समयमा नै नपाएका कारण यस्तो भएक्मा ेहो । शनिबार बिहान शाहरुख खान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल निस्किएका थिए । शुक्रबार आर्यन खानका वकिलले साढे पाँचसमम बेल दस्तावेज सुम्पिन सकेका थिएनन् त्यसैले आर्यन खानको रिहा शनिबार भएको हो ।
शाहरुख खानका बडिगार्ड रवि आर्यनलाई लिन जेलको गेटसम्म पुगेका छन् ।
भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आर्यनको रिहाईको प्रक्रिया समाप्त भइसकेको छ । आर्यनका साथै अन्य मानिसहरुको पनि रिहाईको प्रक्रिया पनि समाप्त भइसकेको छ । कागजी कारवाही पूरा भइसकेको छ ।
मन्नत बाहिर छ यस्तो माहौलः
आर्यन खानको घर मन्नतबाहिर प्रशंसक जम्मा हुन सुरु भइसकेका छन् । यसैबीच मन्नत बाहिर एक साधु पनि पुगिसकेका छन् । उनले आर्यनका लागि हनुमान चालिसाको पाठ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण