अभिनेत्री उर्मिला मातोंडकर कोरोनाबाट संक्रमित
आइतबार, १४ कात्तिक २०७८, १४ : ५९
भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा घट्दैछ । तर पुरै खतम भइसकेको छैन । भर्खरै मात्र अभिनेत्री उर्मिला मातोंडकर संक्रमणको चपेटामा आएकी छिन् । उर्मिलाले आफु घरमै क्वारेन्टाइनमा बसेको जानकारी ट्वीटरमार्फत दिएकी छिन् । उनले आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न समेत आग्रह गरेकी छिन् ।
‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो । म बिलकुल ठिक छु र घरमा नै क्वारेन्टाइनमा बसिरहेको छु । तपाईहरुसँगै सबैसँग अपिल गर्छु कि मेरो सम्पर्कमा आएकाहरूले एकपटक कोरोनाको जाँच गर्नुस् । र, यस दीपावलीलाई सावधानीका साथ मनाउन आग्रह गर्दछु,’ उनले लेखेकी छिन् ।
यसअघि भर्खरै मात्र टिभी अभिनेत्री निशा रावलले पनि आफुलाई कोभिड पोजेटिभ भएको जानकारी दिएकी थिइन् । स्वास्थमा खराबी देखिएपछि चेकजाँचका क्रममा कोरोना पुष्टि भएको उनले जानकारी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण