सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जब खलनायक बनेर हिरोमाथि भारी परे शाहरुख खान, दमदार अभिनयमार्फत् बनाए ‘डर’ को माहौल

सोमबार, १५ कात्तिक २०७८, १३ : २६
सोमबार, १५ कात्तिक २०७८

शाहरुख खान । यो एउटा नाम मात्रै होइन मनोरञ्जन जगतको एउटा पहिचान पनि हो । शाहरुख बलिउडका यस्ता कलाकार हुन् जसले जीवनमा त्यो स्थान हासिल गरेका छन् जसका कारण उनलाई देश विदेशका थुप्रैले नामबाटै चिन्दछन् । शाहरुख आफ्नो जन्मदिनको मौकामा मुम्बईमा भएका बेला मन्नतको छतबाट प्रशंसकका लागि हात हल्लाउने गर्छन् । यसवर्ष नोभेम्बर २ मा शाहरुख आफ्नो ५६ औं जन्मदिन मनाइरहेका छन् ।

नकारात्मक भूमिकामार्फत् जिते प्रशंसकको जीतः

शाहरुख खानले इन्डष्ट्रिमा एउटा ठूलो सफलता हात मात्रै पारेका छैनन्, उनी अरुका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । उनलाई हेरेर धेरैजसो मानिसले इन्डष्ट्रिमा हिरो बन्ने सपना देखे र सफल पनि भए । बलिउडमा शाहरुख खानले दिवानाबाट डेब्यू गरेका थिए । त्यसपछि उनी थुप्रै रोमान्टिक फिल्मका हिस्सा बने । यद्यपि, शाहरुख खानको एउटा विशेष कुरा के हो भने उनले पर्दामा कुनै हिच्किचाहट बिना नै नकारात्मक भूमिका निभाए । नकारात्मक भूमिकामा पनि उनलाई दर्शकले अत्यधिक रुचाए ।

शाहरुखका पाँच नकारात्मक भूमिकाबारे यहाँ चर्चा गरिएको छ ।

बाजीगरः

सन् १९९२ मा दिवानापछि शाहरुखले त्यसै वर्ष अब्बास मस्तानीको फिल्म बाजीगरमा काम गरे । यो निकै ठूलो जोखिम थियो किनभने यो फिल्ममा शाहरुख एन्टी हिरोको भूमिकामा थिए । सबैभन्दा खास कुरा के हो भने फिल्मका हिरो र खलनायक दुबै शाहरुख थिए जसले शिल्पाको हत्या गरे र काजोलको पात्रसँग प्रेममा परे । यो फिल्मबाट नै शाहरुख र काजोलको कमेस्ट्री पनि प्रशंसकलाई मन परेको थियो । बाजीगरमा शाहरुखले आफ्नो अभिनयमार्फत् सबैको मन जित्न सफल भएका थिए ।

डरः

शाहरुखले त्यसपछि यश चोपडाको फिल्म डरमा एउटा साइको प्रेमीको भूमिका निभाएका थिए । राहुलको भूमिकामा शाहरुखले बताएका थिए कि जब कोही व्यक्ति कसैको प्रेममा पागल हुन्छ, तब उसले कुनै पनि हद पार गर्न सक्छ । शाहरुखको यो डाइलग – आइ लभ यू ककक किरण... आज पनि असाध्यै चर्चित छ । फिल्ममा सनी देओल हिरो थिए तर शाहरुख आफ्नो नकारात्मक भूमिकामार्फत् उनीमाथि हावी भएका थिए ।

अंजामः

सन् १९९४ मा शाहरुख माधुरीसँग फिल्म अंजाममा देखिएका थिए । माधुरीसँग शाहरुखले थुप्रै रोमान्टिक फिल्ममा काम गरेका छन् तर यो फिल्ममा उनी खलपात्रको भूमिकामा देखिएका थिए । उनले एक स्टकर र पागल प्रेमीको भूमिका निभाएका थिए जो जुनसुकै परिस्थितिमा आफ्नो प्रेम हासिल गर्न चाहन्छ । यस फिल्ममार्फत् शाहरुखले उनीभित्र कति गज्जबको प्रतिभा छ भनेर प्रमाणित गरिदिए । यो फिल्मका लागि उनले फिल्मफेयरको बेस्ट एक्टर इन नेगेटिभ भूमिकाको अवार्ड पनि पाएका थिए ।

डुप्लिकेटः

महेश भट्टको निर्देशनमा बनेको फिल्ममा शाहरुख पहिलो पटक दोहोरो भूमिकामा देखिएका थिए । यसमा उनले नकारात्मक भूमिका निभाएका थिए । फिल्ममा शाहरुखले मनु दादाको भूमिका निभाएका थिए जुन प्रशंसकलाई असाध्यै मन परेको थियो । यद्यपि, फिल्मले पर्दामा खासै सफलता पाउन सकेन ।

डनः

अमिताभ बच्चनको फिल्म डनको आधिकारिक रिमेक डनमा शाहरुखले डनको भूमिका निभाएकाम थिए । जहाँ पहिलो फिल्ममा डनको पहिले नै मृत्यु हुन्छ भने यो फिल्ममा भने डनको भूमिका लामो समयसम्म जिउँदो रहन्छ । फिल्मले सफलता पाएको थियो र शाहरुखको डनको भूमिकालाई असाध्यै रुचाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप