जुवातास खेलेको आरोपमा २९ जना पक्राउ
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिकामा ९ जनालाइ पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरबाट जुवा खेल्दै गरेका रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ । यस्तै गुलरिया नगरपालिका–७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास अवस्था ९ जनालाई पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा स्थानीय ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र तास बरामद भएको छ । यस सम्बन्धमा थप कानुनी प्रकृया शुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण