आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

परीक्षा उत्तीर्ण गरेकाहरूले पनि  पाएनन् चालक अनुमतिपत्र

बुधबार, १७ कात्तिक २०७८, १८ : ०३
बुधबार, १७ कात्तिक २०७८

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन् । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् ।

यातायात व्यवस्था विभागले गत बर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोभिड लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । विभागका प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ ।

विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ । विभागका प्रवक्ता भुसालले सबै खरिद् प्रक्रिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए । उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिर्फटमा छपाईंको काम गरेर भएपनि वितरण गर्ने बताए ।

विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायी रुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप