विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न प्राधिकरणको निर्देशन, यी ३५ वेबसाइट र एप ब्लक गरिँदै
सारांश
- विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपहरूमाथि नेपाल दूरसञ्चार प्राधिकरणले रोक लगाउन निर्देशन दिएको छ।
- हिमालय स्पोर्ट्स र डीजीओ जोइन्ट भेन्चर एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले विश्वकपको आधिकारिक प्रसारण अधिकार पाएका छन्।
- अनधिकृत स्ट्रिमिङ रोक्न र सोको जानकारी प्राधिकरणलाई गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ।
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एपहरूमाथि रोक लगाउन निर्देशन दिएको छ ।
प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले देशभरका सम्पूर्ण मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्दै यी प्लेटफर्महरूलाई ब्लक गर्न निर्देशन दिएको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको पत्रलाई उद्धृत गर्दै प्राधिकरणले नेपालभित्र फिफा विश्वकप २०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको 'हिमालय स्पोर्ट्स' र डिसहोम डिजिटल प्रालि अन्तर्गतको 'डीजीओ जोइन्ट भेन्चर एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको जनाएको छ ।
यी आधिकारिक माध्यमबाहेक अन्य विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी आएपछि प्राधिकरणले यो कदम चालेको हो । प्राधिकरणका अनुसार अनधिकृत रूपमा खेलहरू स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाई सोको जानकारी प्राधिकरणलाई गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ ।
_3Pde1VbCcL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सबै मन्त्रालयमा एक/एक जना सचिव, ५ सचिव जगेडामा
-
विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि आक्रमण, एक महिला पक्राउ
-
इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
-
गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
-
सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ
-
रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण