दिपावली मनाएको भन्दै फरहानको धर्ममाथि उठाइयो प्रश्न
बलिउड अभिनेता फरहान अख्तरले दिपावलीको अवसरमा आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर सेयर गरेका छन् । तस्बिरमा उनले आफ्नो प्रेमिका शिवानी दान्डेकरलाई टिका लगाएको देख्न सकिन्छ ।
तस्बिर सार्वजनिक गरेपछि दिपावालीमा पूजा गरेको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले उनको धर्ममाथि प्रश्न उठाउँदै नकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् । एक प्रयोगकर्ताले फरहानलाई ट्रोल गर्दै लेखेका छन्, ‘जो अल्लाहको हुन सकेनन्, त्यो मान्छे के होला ? अर्का प्रयोगकर्ताले फरहानको धर्ममाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘फरहान हिन्दु हुन् या मुस्लिम ?’ अर्का एक प्रयोगकर्ताले ‘तँ नाम मात्रको मुस्लिम रहेछस्’ समेत भनेर लेखेका छन् ।



फरहान र शिवानी केही वर्ष यतादेखि सम्बन्धमा रहेका छन् । गत महिना उनीहरुले चाँडै विवाह गर्न लागेको पनि खबर आएको थियो । फहरानले आलिया भट्ट, कटरीना कैफ र प्रियंका चोपडाको मुख्य भूमिका रहेको जी ले जरा लिएर आउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण