सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

ब्राजिलकी चर्चित गायिकाको विमान दुर्घटनामा मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल

आइतबार, २१ कात्तिक २०७८, ०८ : ५१
आइतबार, २१ कात्तिक २०७८

ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ । उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् । ​मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् । द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी रहेकी थिइन् । हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । 

मारिलिया ब्राजिलमा नै आफ्नो एक साङ्गीतिक कार्यक्रममा भाग लिन गइरहेकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया सहरका लागि उडेको थियो । सोही दौरान विमान दुर्घटना भएको थियो । घटनामा उनीसँगै अन्य चार जनाको मृत्यु भएको छ । यसमा उनको अंकल, एक प्रोड्युसर र दुई चालक दलका सदस्य रहेको बताइएको छ ।

घटनाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन् । उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ । सोही भिडियो यतिबेला भाइरल बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप