सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

दर्शक मरिरहे, कन्सर्ट चलिरह्यो

‘शो रोक’ भनेर दर्शक चिच्याउँदासमेत बेवास्ता
आइतबार, २१ कात्तिक २०७८, १३ : २०
आइतबार, २१ कात्तिक २०७८

टेक्ससमा आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा र्‍यापर ट्राभिस स्कटको शुक्रबार रातिको प्रस्तुति त्रासदीमा समाप्त भएको छ । दर्शकहरू स्टेजतर्फ ठेलमठेल गर्न थालेपछि कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा १४ देखि २७ वर्ष उमेर समूहका रहेका छन् ।

करिब ५० हजार दर्शक एनआरजी पार्कमा आयोजित कन्सर्टमा सहभागी हुन पुगेका थिए । स्कटले सन् २०१८ मा ‘एस्ट्रोवर्ल्ड’ नामक एल्बम रिलिज गरेका थिए । र, उनले सोही नाममा सङ्गीत महोत्सवको सुरुवात गरेका हुन् ।

हाउस्टनका अग्नि नियन्त्रण विभागका प्रमुख साम पेनाका अनुसार ठेलमठेलले मानिसहरु आत्तिएका थिए । जसले दर्शकबीच झगडाको सुरुवात गरेको थियो केही बेहोस बनेका थिए । एस्ट्रोवर्ल्डका आयोजकहरूले कन्सर्टमा स्वास्थ्यकर्मीहरूको टोली पनि राखेको थियो तर उनीहरू निरीह बनेका थिए ।

केही मानिसहरूले सहयोगका लागि अपिल गरिरहँदा अन्य भने पीडितको उद्धार गर्न पुगेका एम्बुलेन्समाथि चढेर नाचिरहे । उता, चर्को स्वरमा सङ्गीत बजिरह्यो । दर्शकहरूको एक समूहले गीत रोक्न आग्रह गरे पनि र्‍यापर स्टेजमा गीत गाइरहेका थिए । हाउस्टन प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप