प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको सम्मान
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधवार उनलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शर्मा भारत भ्रमणमा छन् ।
शर्मालाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गरेका हुन् । शर्मा मंगलबार भारतको नयाँदिल्ली पुगेका थिए । नेपाली सेनाको नेतृत्व समालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
मंगलबार साँझ शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखको बीचमा मानार्थ महारथीको सम्मान दिन प्रचलन रहिआएको छ । भारतीय सेनाका प्रमुख नरवणेले २०७७ कात्तिक २१ मा काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् । शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने १५ औं सेनापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व