यी हुन् संसारका सबैभन्दा ‘सेक्सी’ पुरुष
संसारका सबैभन्दा आकर्षक पुरुषको नाम सार्वजनिक भएको छ । ‘फ्रेन्ड्स’ टिभी शोबाट चर्चामा आएका पल रडलाई पिपल म्यागजिनले संसारको सबैभन्दा आकर्षक पुरुष घोषणा गरेको हो । पल हलिउडका विभिन्न सुपरहिट फिल्म र टिभी शोका हिस्सा भइसकेका छन् ।
एभेन्जर सुपरहिरो हुन् पलः
रडले सुपरहिट टिभी शो ‘फ्रेन्ड्स’ मा फुबे बुफेका श्रीमान् माइक हेनिगनको भूमिका निभाएका छन् । सन् १९९० को दशकमा थुप्रै हिट हलिउड फिल्ममा अभिनय गरेपछि रडले अन्ततः आफूलाई मार्वल सुपरहिरो एन्ट म्यानको रुपमा पुनः स्थापित गरे र एभेन्जर फिल्मका हिस्सा बने ।
एन्टम्यानको रुपमा संसारभरी परिचितः
हालको समयमा उनलाई सुपरहिरो एन्टम्यानको रुपमा संसारभरी चिनिन्छ । रड पिपल म्यागजिनको नयाँ संस्करणको फ्रन्ट पेजमा देखिएका छन् । जब उनलाई म्यागजिनको कभर बोय बन्नेबारे बोल्न भनियो, तब उनले भने, ‘मलाई थाहा छ कि मानिसहरुले के सोच्छन्, मलाई यसका लागि छानिएको छ भनेर मानिसहरुलाई थाहा हुँदा उनीहरुले भन्नेछन्, ‘के रे ?’’
दुई बच्चाका पिता हुन् ‘सेक्सी म्यान’
अभिनेताले थपे, ‘यो झुटो विनम्रता होइन । मलाई साँच्चै यस्तो लाग्छ कि मलाईभन्दा अघि यो सम्मान धेरैलाई दिइनुपर्छ । ’
कमैलाई थाहा होला कि रडले १८ वर्षको उमेरमा विवाह गरेका थ्एि । उनका दुई सन्तान छन् । उनका छोरा ज्याक १७ वर्ष पुगिसकेका छन् भने डार्बी १२ वर्षका भए । एक सफल कलाकार हुनुका साथै रड एक सफल पिता र श्रीमान् पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण