भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान
भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो ।
जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
उनीहरुलाई भीमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरी हत्या गरेको आरोप थियो । भरतपुर–४ दुर्गाचोक नजिक दुर्गा मन्दिर अगाडि कुटपिटपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्ठाउन्न वर्षीय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेका बस्नेत र श्रेष्ठलाई आवेश प्रेरित ज्यान मुद्दा दर्ता भएको थियो ।
आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु एक लाख जरिवाना माग दाबी गरिएको थियो । आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि विकको शव अझै उठ्न सकेको छैन । दलित अभियानकर्मीहरूले जातीयताका आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास
-
संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त