मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
बिहीबार, ०३ जेठ २०८१, १८ : ४७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कांग्रेसले लामो समयदेखि एउटा व्यक्तिका बारेमा प्रश्न उठाइरहने र बोल्न नदिने भन्ने हुन्छ भन्दै प्रश्न गरेकी छिन् । बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले संसदमा प्रश्नको उत्तर दिन पाउनुपर्ने बताएकी छिन् ।
उनले भनिन,‘स्पष्टीकरण दिन पाउनुपर्छ, बोल्न पाउनुपर्छ, आफ्ना कुरा राखेपछि त्यहाँबाट समाधान निस्कन सक्छ भन्ने हामी सबै सत्तापक्ष र प्रतिपक्षको पनि सहमति बनेको थियो । पछि प्रतिपक्षभित्र के भयो एकमत हुन सकेन । उहाँहरू जसरी उठेर सरकारको लाइनभित्र छिर्नुभयो त्यसपछि असहज अवस्था आयो ।’
उनले सरकार भिड्न तयार नभएको बताउँदै सरकारको लाइनभित्र प्रवेश गरेपछि संसदमा असहज अवस्था आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण