तनहुँमा रामचन्द्र पौडेललाई बाम गठबन्धनको यस्तो छ चुनौती
तनहुँ– बाम गठबन्धनका नेताहरुले तनहुँ निर्वाचन क्षेत्र नं १ मा चुनाव जित्ने सपना नदेख्न कांग्रेस नेता तथा उम्मेदवार रामचन्द्र पौडेललालई चुनौती दिएका छन् । उनिहरुले पौडेलले क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा जित्छु भन्नु दिवा सपना मात्र भएको पनि बताएका छन् । ०४८ सालयता लगातार तनहुँमा निर्वाचित हुदै आएका पौडेलले विकास निर्माणमा खासै चासो नदिएको र उनको व्यवहारबाट दिक्क भएका तनहुँबासीहरु विकल्पको खोजीमा रहेका एमालेका जिल्ला अध्यक्ष एवं क्षेत्र नं २ को प्रतिनिधीसभा सदस्यका उम्मेद्वार केदार सिग्देलले बताए ।
गोविन्दराज जोशीको उम्मेद्वारी खारेजी कानुनसम्वत नरहेको भन्दै नेता सिग्देलले बाम गठबन्धनले मात्रै नेपाली जनताको मुक्ति हुने भएकोले बाम गठबन्धनको सरकार हेर्न जनता आतुर रहेको बताए । तनहुँबासीले नयाँ नेतृत्व चाहेकोले क्षेत्र नं १ मा र २ मा बामगठबन्धनको जीत सुनिश्चित रहेको उनले बताए । यता, निर्वाचनको तयारी हुदै गर्दा नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल भने जिल्लाका कर्मचारी खटनपटन कार्यमा व्यस्त रहेको खुलासा भएको छ ।
नेता पौडेलले निर्वाचनका समयमा खटाइने कर्मचारीहरु आफ्नो पक्षको खटाउनका लागि सक्रिय भएर लाग्ने गरको बताइएको छ । तनहुँका सहायक प्रजिअ एमाले समर्थक रहेका शिशिर पौडेललाई समेत सरुवा गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । त्यसैगरी निर्वाचनका क्रममा खटाइने कर्मचारीहरु पनि आफ्नो पक्षका खटाउन सक्रिय भएर नेता पौडेल लागेको बताइएको छ ।
यता बामगठबन्धनका कार्यकर्ताहरुले नेता पौडेलका गतिविधिप्रति निगरानी गर्न थालेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं क्षेत्र नं १ को ख का उम्मेद्वार हरिबहादुर चुमानले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मतदाताको मतले जित्ने भनेर आएको नेता नभई पैसा र पावरका बलमा जित्न आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा नाराबाजीसहित बेल घेराउ, पेलेरै अघि बढे सभामुख (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण