यी नायिकाका कारण ‘मिस इन्डिया’ बाट नाम फिर्ता लिन चाहन्थिन् सुष्मिता
आफ्नो सुन्दरता र अभिनयमार्फत् करोडौंको मनमा राज गर्ने सुष्मिता सेनलाई आज कुनै परिचयको आवश्यक छैन । मेहिनत र क्षमताको दममा सुष्मिता सेनले मानिसहरुको मनमा आफ्नो विशेष स्थान बनाउन सफल भएकी हुन् । मिस युनिभर्ससमेत रहेकी सुष्मिता सेनाबारे धेरै कुरा धेरैलाई थाहा हुन पनि सक्छ । तरपनि केही जानकारी धेरैलाई थाहा पनि नहुन सक्छ । यस्तै एउटा खबरबारे जानकारी लिऔं ।
मिस इन्डिया प्रतियोगिताबाट नाम फिर्ता लिइसकेकी थिइन् सुष्मिताः
सुष्मितालाई धेरैले उनलाई कामको कारण चिन्दछन् तर एक समय यस्तो थियो जब सुष्मिता कसैसँग यति धेरै डराएकी थिइन् कि उनले मिस इन्डिया प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिनेबारे सोचेकी थिइन् । सुन्दा अचम्म लाग्ला तर उनी अरु कोही नभएर ऐश्वर्या राय थिइन् । यो कुरा सुष्मिता आफैंले एक अन्तरवार्तामा भनेकी हुन् ।
किन ऐश्वर्यासँग डराएकी थिइन् सुष्मिता ?
सन् १९९४ मा मिस इन्डियाको प्रतिस्पर्धामा भाग लिएकी सुष्मितालाई यसमा ऐश्वर्या रायले पनि भाग लिन लागेको कुरा थाहा थिए । त्यतिबेला ऐश्वर्या रायको सुन्दरताको जताततै चर्चा थियो । यसैकारण थुप्रै युवतीले आफ्नो नाम फिर्ता लिइसकेका थिए । युवतीहरु ऐश्वर्यासँग यति विधि डराएको देखेर सुष्मिता सेनको आत्मविश्वास पनि डगमगाएको थियो त्यसपछि उनले पनि यो सौन्दर्य प्रतियोगिताबाट हट्ने योजना बनाइसकेकी थिइन् ।
आमाको गालीले बढ्यो हिम्मतः
मध्यम वर्गीय परिेवारकी सुष्मिता जब घर पुगिन् तब उनले आमासँग सबै कुरा भनिन् । ताजबाट सुष्मिता भागेको देखेर उनकी आमा असाध्यै रिसाइन् र ‘आखिर तिमीले कसरी हार मान्न सक्छौ ?’ भनेर रिसाइन । आमाले सम्झाएपछि सुष्मिता सेन पुनः प्रतियोगितामा गइन् तर मनमा भने उनलाई असाध्यै डर लागिरहेको थियो ।
तर सुष्मिताले अन्तिम प्रतिस्पर्धामा ऐश्वर्या रायलाई हराएर मिस इन्डियाको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भइन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण