नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?
नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।
राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ ।
दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा उपलब्ध हुने छन । यसमा भएको ४.९ मिटर टर्निङ रेडियस र २०० एमएमको ग्राउन्ड क्लियरेन्सले उत्कृष्ट ह्यान्डलिङ तथा यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । गाडीमा ३६ लिटरको फिउल ट्यांक रहेको छ भने माइलेज सो सेगमेंटमा रहेका अन्य गाडी भन्दाउत्कृष्ट रहेने जानेको छ ।
साथै, गाडीमा रियर भिउ क्यामेरासहित फ्रन्ट तथा रियर सोनार र एप्पल कारप्ले र एन्ड्रोइड अटोसहित को ७ इन्च इन्फोटेनमेन्ट समेत रहेको छ । विभिन्न आठ प्रकारका कलरमा उपलब्ध हुने राइजको मूल्य ६६ लाख रूपैयाँबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
-
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी
-
४८ करोड ९८ लाख राजस्व सङ्कलन
-
आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण