बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

शनिबार, ०४ मङ्सिर २०७८, ११ : १८
शनिबार, ०४ मङ्सिर २०७८

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।

राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । 
दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९ मिटर टर्निङ रेडियस र २०० एमएमको ग्राउन्ड क्लियरेन्सले उत्कृष्ट ह्यान्डलिङ तथा यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । गाडीमा ३६ लिटरको फिउल ट्यांक रहेको छ भने  माइलेज सो सेगमेंटमा रहेका अन्य गाडी भन्दाउत्कृष्ट रहेने जानेको छ ।

साथै, गाडीमा रियर भिउ क्यामेरासहित फ्रन्ट तथा रियर सोनार र एप्पल कारप्ले र एन्ड्रोइड अटोसहित को ७ इन्च इन्फोटेनमेन्ट समेत रहेको छ । विभिन्न आठ प्रकारका कलरमा उपलब्ध हुने राइजको मूल्य ६६ लाख रूपैयाँबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप