नुवाकोट काँग्रेसमा केसी समूह पराजित, सबै क्षेत्रमा महत पक्ष विजयी
नेपाली काँग्रेस नुवाकोटको प्रदेश क्षेत्रको अधिवेशनमा केसी समूह पराजित भएको छ । केन्द्रमा देउवा समूह र पौडेल समूह भएपनि नुवाकोटमा केसी (अर्जुननरसिंह केसी) र महत (रामशरण महत–प्रकाशशरण महत) समूह रहेकोमा अधिवेशनमा महत समूहले बाजी मारेको हो ।
मतपरिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा केसी समूह पराजित भएको छ । अर्जुननरसिंह केसीका स्वकिय सचिव सरोज केसीलाई हराउँदै सुशील खड्का विजयी भएका हुन् । त्यस्तै प्रदेश सभा (ख) मा पनि केसी समूहका ऋषिकुमार तामाङलाई भारी मतान्तरले पराजित गर्दै महत पक्षीय उम्मेदवार विजयी भएका हुन् । जहाँ रामजी पौडेल विजयी भए ।
यस्तै नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा (ख) को प्रदेश कार्यसमितिमा महत खेमाका मानिने बहादुरसिंह लामा समर्थित उम्मेदवार गणेशमान तामाङ निर्वाचित भएका छन् । सो चुनावमा केसी खेमाका आतमसिंह तामाङ पराजित भए । यस्तै नुवाकोट २ नम्बर क्षेत्रकै प्रदेश सभा ‘क’ को सभापतिमा पनि बैकुण्ठबहादुर पाण्डे विजयी भए । सो क्षेत्रमा केसी समूहका अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण