नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’
आइतबार, ०५ मङ्सिर २०७८, १४ : १२
आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।
अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ । यसै फिल्म मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दैछन् । फिल्ममा मोहना सिंह पनि एक महत्वपुर्ण भूमिकामा देखिँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण