इन्फिनिटि लघुवित्तले सेयरधनीहरूलाई २९.१६ प्रतिशत लाभांश दिने
आइतबार, ०५ मङ्सिर २०७८, १६ : ०२
इन्फिनिटि लघुवित्तले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश दिने भएको हो । गत शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
वितरण प्रस्ताव अनुसार लघुवित्तले बोनस सेयर तर्फ कुल ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा वितरण गर्ने छ भने नगद बोनस तर्फ कुल ४६ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा खर्च गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार