शिल्पा शेट्टीको विवाहको १२ वर्ष, सेयर गरिन् राजकुन्द्रासँगका तस्बिर
१२ वर्ष अघि आजकै दिन शिल्पा शेट्टी र राज कुन्द्रा विवाह बन्धनमा बाँधिएका थिए । वैवाहिक वर्षगाँठको मौकामा शिल्पाले श्रीमान् राज कुन्द्राका लागि एउटा सुन्दर पोस्ट सेयर गरेकी छिन् । पुराना दिन स्मरण गर्र्द उनले तस्बिरसँग एउटा मेसेज पनि लेखेकी छिन् । राजका लागि लेखिएका शिल्पाको मेसेजले केही समयमा नै धेरैको ध्यान आकर्षित गरेको छ ।
वर्षगाँठमा शिल्पाको पोस्टः
शिल्पा शेट्टी र राज कुन्द्राको विवाह सन् २००९ मा भएको थियो । जीवनका विभिन्न मोडलाई स्मरण गर्दै शिल्पा शेट्टीले फोटो सेयर गरेकी छिन् । शिल्पाले लेखेकी छिन्, ‘१२ वर्ष अघि यहि मौकामा हामीले एक–अर्कालाई सुख, दुःखमा साथ दिने, प्रेम र विश्वासको बचन दिएका थियौं । साथै, हामीले भगवानसँग हरेक दिन बाटो देखाउन पनि भनेका थियौं । १२ वर्ष । ह्याप्पी एनिभर्सरी कुकी (राज कुन्द्रा) ।’
विवाहको वर्षगाँठको पोस्टमा शिल्पा शेट्टीले उनका सबै प्रशंसक र शुभचिन्तकलाई धन्यवाद व्यक्त पनि गरेकी छिन् ।
सम्बन्धविच्छेदको अडकल बाजीमा लाग्यो ब्रेकः
केही महिना अघि जब राज कुन्द्रा पोर्नोग्राफी केसमा जेलमा थिए तब शिल्पाले राजसँग सम्बन्धविच्छेद गर्न लागेको खबर थियो । भारतीय सञ्चार माध्यमले विभिन्न अड्कलबाजी गरिरहेका थिए । आज शिल्पा शेट्टीले विवाहको तस्बिर पोस्ट गरेर विभिन्न अड्कललाई खारेज गरिदिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण