संरक्षण अभावमा बुद्धको मावली : पण्डितपुरको अस्तित्व मेटिने खतरा
परासी–संरक्षण र विकास अभावमा नवलपरासिको ऐतिहासिक एवं पुरातात्विक धार्मिकस्थल पण्डितपुरको अस्तित्व खतरामा परेको छ । भगवान गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी पण्डितपुर (देवदह) लाई सम्बन्धित निकायले विकास र संरक्षणमा चासो नदेखाउँदा यसको अस्तित्व खतरामा परेको हो ।
पण्डितपुर गाउँ ईसापुर्व ७ वर्ष पहिला तत्कालिन कोलिय गणराज्यको राजधानी र शान्तीका अग्रदतु गौतम बुद्धको मावली रहेको थियो । नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ मा रहेको यो स्थान सदरमुकाम परासी बजारबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ ।
यस स्थानलाई कोलिय गणराज्यको राजधानी र गौतम बुद्धको मावली घर रहेको पुरातत्व विभागले पुष्ट्याई गरिसकेपनि सरकारले पुरातत्व क्षेत्र घोषणा भने गरिसकेको छैन । तीन बर्षअघि पुरातत्व विभागले पण्डितपुरको उत्खनन गर्न पुरातत्वविद तारानन्द मिश्र संयोजक रहेको प्राविधिक टोली खटिएको थियो । जसले मौर्यकालिन खाल्टो, मानव मुर्ति, पशु मुर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इटाहरु लगायतका प्राचिन बस्तुहरु फेला परेका थियो ।
त्यस्तै मौर्यकालमा बेनेका ईनारहरु पनि फेला परेको टोलीले जानकारी गराएको थियो ।
६० विगाहा क्षेत्रफलमा फैलिएको सो स्थानमा फेला परेका मौर्यकालिन बस्तु सार्वजनिक भएपनि त्यसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भैसकेको छैन ।
तत्कालि कोलिय राजधानीमा कोलिय राजाहरु बस्दथे । कोलिय राजधानीभित्र ११ वटा नगर राज्य पनि रहेको ईतिहास छ । कोलिय गणराज्यका राजधानी र बुद्धको मावलीको रुपमा रहेको यस क्षेत्रमा स्थानीयले खेतीपाती गर्दै आएकाले प्राचिन बस्तुहरु नास भएर गएको स्थानीय बेचु गौडले बताए ।
पण्डितपुरबाट १० किलोमिटरको दुरीमा गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको एक मात्र स्थल रामग्राम स्तुप पनि छ । रामग्राम स्तुपको संरक्षण र विकासका लागि सरकारले लुम्बिनी विकास कोषलाई जिम्मा लगाएको छ तर लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्र बाहेक कुनै क्षेत्रमा काम गरेको पाइएको छैन ।
रामग्राम स्तुप र पण्डितपुरको विकासका लागि रामग्राम विकास कोषको माग गर्दै स्थानीयले हस्ताक्षर संकलन अभियान थालेको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण