प्रियंका चोपडा–निक जोनस हुन् करोडौंका मालिक, कूल सम्पत्ति यत्ति
बलिउड नायिका प्रियंका चोपडा र निक जोनस एक चर्चित जोडीमध्ये एक हुन् । सन् २०१८ विवाह भएदेखि नै उनीहरु थप चर्चित भए । यी दुईलाई पावर कपलको रुपमा लिने गरिन्छ ।
निक र प्रियंका व्यवासायिक रुपमा पनि चर्चित छन् । यसैकारण उनीहरुको कूल सम्पत्तिको अन्तिममा जिरो सधैं बढिरहन्छ । सन् २०२० जीक्यू म्यागजिनको रिपोर्ट अनुसार यी दुईको कूल सम्पत्ति ७३४ करोड भारु हो ।
निक र प्रियंकाको ब्रान्ड भ्यालु निकै धेरै छ । त्यसैले यी दुईले जे पनि गर्छन्, उनीहरुले अत्यधिक पारिश्रमिक पाउँछन् ।
हलिउडमा समेत सक्रिय प्रियंका चोपडालाई बलिउडमा पनि त्यति नै धेरै पारिश्रमिक दिइन्छ । फिल्मबाहेक प्रियंकाको ब्रान्ड एन्डोर्समेन्ट, सिरिजबाट पनि राम्रै कमाई हुन्छ । उनी न्यूयोर्कमा आफ्नो रेष्टुरेन्ट सोना पनि चलाउँछिन् । उनले स्टेज शोबाट पनि राम्रो कमाई गर्छिन् । एउटा स्टेज प्रस्तुतीका लागि नायिकाले ४–५ करोड भारु पारिश्रमिक लिन्छिन् ।
हलिउडमा प्रियंकाले एउटा प्रोजेक्टको करोडौंमा पारिश्रमिक पाउँछिन् । क्वानटिकोको एउटा एपिसोडका लागि प्रियंकाले ३ करोड भारु पारिश्रमिक लिएकी थिइन् । प्रियंका बिस्तारै हलिउडमा पनि जम्दैछिन् । अभिनयमा मात्रै नभई प्रियंका चोपडा निर्माता पनि हुन् । उनको कम्पनी पर्पल पेबल पिक्चर्सले हालसम्म थुप्रै प्रोजेक्ट रिलिज गरिसकेको छ । प्रियंकाको निर्माण कम्पनी अन्तर्गत भेन्टिलेटर, द स्काई इज पिंक रिलिज भइसकेको छ ।
कुनै ब्रान्डको विज्ञापनमा प्रियंका चोपडाको ठूलो नाम छ । उनले पेन्टिन, ब्लेन्डर्स प्राइड, लाइफ मोबाइलसमेत थुप्रै उत्पादनकी एम्बेसडर भइसकेकेी छिन् । सन् २०१९ को एक रिपोर्टमा खुलासा भए अनुसार नायिका एक इन्स्टाको स्पोनसर्ड पोस्टका लागि १.८० करोड लिने गर्छिन् । इन्स्टामा प्रियंका सबैभन्दा बढी फलो गरिने सेलिब्रिटीमध्ये एक हुन् । अघिल्लो वर्ष होपर एचक्यूको इन्स्टाग्राम रिच सूचीमा प्रियंका १९ औं स्थानमा थिइन् । उनको कूल सम्पत्ति २,७१,००० डलर बताइएको छ ।
निक जोनसको कुरा गर्ने हो भने उनले ब्यान्ड ग्रुप जोनस ब्रदर्सबाट करियर सुरु गरेका थिए । निकले सन् २०१३ मा सोलो म्युजिक करियर सुरु गरेका थिए । नायक तथा गायक निक जोनसको गीत म्युजिक चार्टमा शीर्ष स्थानमा रहन्छन् ।
निक जोनस टकिला ब्रान्ड भिला वनका सह–मालिक हुन् । सेलिब्रिटी नेट वर्थका अनुसार निकको कुल सम्पत्ति ५० मिलियन डलर छ । विवाह पछि प्रियंका र निकले लस एन्जलिसमा १४४ करोड भारु पर्ने घर खरिद गरेकी थिइन् । यो घर २० हजार स्क्वायर फिटमा बनेको छ ।
प्रियंका एक स्मार्ट लगानीकर्ता हुन् । नायिकाले आफ्नो पैसा डेटिङ एप बम्बलमा लगानी गरेकी छिन् । यसमा आज १० करोडभन्दा बढी प्रयोगकर्ता छन् । प्रियंकालाई निकले मर्सिडिज बेन्ज मेब्याच उपहारमा दिएका थिए । यसको मूल्य १,६०,५०० डलर हो ।
यो जोडीसँग विलासी गाडीको संकलन छ । यसमा लगायत समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण