बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला

आइतबार, १२ मङ्सिर २०७८, १३ : ४५
आइतबार, १२ मङ्सिर २०७८

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । एक महिनाको अवधिमा ती मोटरसाइकल फेला परेका हुन् ।

आइतबार ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले सो मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । महाशाखाबाट सादा पोसाकमा खटिएका अनुसन्धानकर्मीहरुले चोरीका मोटरसाइकल फेला पारेका हुन् ।

०७८ साउनपछि महाशाखाले हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । त्यस्तै चोरीमा संलग्न २१ जनालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएको एसपी शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप