काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला
काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । एक महिनाको अवधिमा ती मोटरसाइकल फेला परेका हुन् ।
आइतबार ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले सो मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । महाशाखाबाट सादा पोसाकमा खटिएका अनुसन्धानकर्मीहरुले चोरीका मोटरसाइकल फेला पारेका हुन् ।
०७८ साउनपछि महाशाखाले हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । त्यस्तै चोरीमा संलग्न २१ जनालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएको एसपी शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण