३०० जनाको नाम पढेपछि ओलीले सोधे : मेरो के गरौँ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् ।
३ सय जनाको नाम पढेपछि ओलीले ठट्टा गदै सोधे - मेरो नाम चाहिँ के गरौँ ? त्यसपछि 'म पनि पर्छु होला' भन्दै ३०१ जना पुगेको जिकिर गरेका थिए । ओलीले वाचन गरेको नामावलीमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ । त्यस्तै राजकुमार लेखी, मायानाथ अधिकारी, जगत बिक, सीमा क्षेत्री, लिला गिरी, दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगरेन्द्र शाही, नारदमूनी राना, ,कमला ओली, कमला बोहरा लगायत छन् ।
नाम वाचन गरिसकेपछि ओलीले कसैको नाम छुटे उनीहरुलाई सल्लाहकार समितिमा अटाउने आश्वासनसमेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह