तान्जानियाका टिकटक स्टारलाई बलिउडमा अफर
सोसल मिडियामा भाइरल भएका तान्जानियाका दाजु बहिनीले बलिउडमा अफर पाएका छन् । सङ्गीत निर्देशक तनिष्क बागचीले ‘किली पल’ लाई मेसेज गरेर सँगै काम गर्ने अफर दिएका छन् । किलीले यो मेसेजको स्क्रिनसट पनि आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् । किली र उनकी बहिनीको भिडियो निकै चर्चित हुने गर्छ । बलिउड कलाकारले पनि उनीहरुको भिडियो सेयर गर्ने गर्छन् ।
दुई दिन अघि भएको थियो भाइरलः
तनिष्कका सङ्गीत निर्देशनमा नै शेरशाहको गीत रातां लम्बियां बनाइएको हो । जब किली र उनकी बहिनीले यसमा लिप्सिङ गरे तब यो भाइरल भयो । तनिष्कले मेसेज गरेर किलीलाई यो तपाईंहरु दुबैको भिडियो हो भनेर सोध्दा किलीले जवाफ दिए, ‘हो, तर दुःखको कुरा कसैले पनि क्रेडिट दिँदैनन् । ’
तनिष्कले किलिलाई भने, ‘केही सँगै गरौं ।’
किलीको फ्यान फलोविङ उच्चः
किलिले आफ्नो सोसल मिडिया अकाउन्ट र टिकटकमा करिब २८५ भिडियो पोस्ट गरिसकेका छन् । यी दुबैको भिडियो भाइरल हुनुका साथै फलोअर्सको संख्या पनि बढेको छ । यी दुईको भिडियो भाइरल भएपछि नै फलोअर्सको संख्या बढेको छ । हाल उनीहरुका एक लाखभन्दा बढी फलोअर्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण