मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपा नजाने गगनको निर्णय फेरियो

बिहीबार, ०१ पुस २०७८, १५ : ३५
बिहीबार, ०१ पुस २०७८

राजधानीको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका छन् । कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन् । 

उनले अत्यधिक मत ल्याएर काँग्रेस महामन्त्रीमा विजय हासिल गरेका छन् भने उनको पक्षमा कार्यकर्ताहरूले सानेपामा चर्को नाराबाजी गरेका थिए । महामन्त्रीमा विजयी भएका अर्का नेता विश्वप्रकाश शर्मा पनि सानेपा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप