मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित महामन्त्री शर्मा प्रकाशमानको बधाई थाप्न पुगे चाक्सीबारी

बिहीबार, ०१ पुस २०७८, १९ : ५५
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ सिंहको निवास चाक्सीबारी पुगेर शर्माले प्रकाशमानबाट बधाई तथा शुभकामना लिएका थिए । शर्मा १४ औँ महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

शेरबहादुर देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार हुने अवस्था नभएपछि शर्माले सिंहलाई रोजेका थिए । सिंह सभापतिमा पराजित भए पनि शर्माले महामन्त्रीमा बाजी मारेका छन् ।  देउवा प्यानलका प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा पराजित हुँदा सिंह समूहका शर्मा निर्वाचित भएका हुन् । काँग्रेस महामन्त्रीमा शर्मासँग शेखर कोइराला प्यानलका गगन थापा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप