शिल्पी थिएटरमा ‘बाजी’ मञ्चन

काठमाडौँ । शिल्पी थिएटर बत्तीसपुतलीमा नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । यही वैशाख २४ गतेदेखि ३० गतेसम्म ७ दिन नियमित मञ्चन हुने नाटक एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा बाजीलाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गरेका हुन् ।
नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय रहनेछ ।
नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन, प्रकाश परिकल्पना र सञ्चालन प्रेम चन्द पाण्डे र भेषभूषा परिकल्पनामा सङ्गीता उराँव रहेका छन् । सेट परिकल्पना र निर्माण धनराज सुनार र गोविन्द ओलीको छ भने सङ्गीत सञ्चालन अरविन्द कुमार मौर्यको रहनेछ ।
नाटकमा ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो । कारागारका बन्दीहरूले रूपान्तर हुने अवसर पाउने हो भने आफूलाई सुधार्न सक्छ भन्ने कुरो नाटकले देखाउने छ ।
एन्टोन चेखव आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकोले उनको कुनै रचनालाई मञ्चमा देखाउने रहरले नाटक बनाएको निर्देशक परियारले बताए । उनले नाटक हेरेर कमेन्ट गर्न अनुरोध समेत गरे ।
शिल्पीमा अहिले नाटक ‘ए आई’को मञ्चन भइरहेको छ । बैशाख २२ गतेसम्म नाटक नियमित मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयको अनुसन्धानलाई व्यवसायसँग जोड्न इन्क्युवेसन सेन्टरको पहल
-
त्रिविले नेपाल आउने विदेशी विद्यार्थी र प्राध्यापकको भिसा प्रक्रिया अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रबाट गर्ने
-
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा
-
२०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छ : गौतम
-
कर्जा केन्द्रीकरणको बढ्दो जोखिम तथा बैंकर र व्यवसायी छुट्याउने प्रयास
-
च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !