शिल्पी थिएटरमा ‘बाजी’ मञ्चन
काठमाडौँ । शिल्पी थिएटर बत्तीसपुतलीमा नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । यही वैशाख २४ गतेदेखि ३० गतेसम्म ७ दिन नियमित मञ्चन हुने नाटक एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा बाजीलाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गरेका हुन् ।
नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय रहनेछ ।
नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन, प्रकाश परिकल्पना र सञ्चालन प्रेम चन्द पाण्डे र भेषभूषा परिकल्पनामा सङ्गीता उराँव रहेका छन् । सेट परिकल्पना र निर्माण धनराज सुनार र गोविन्द ओलीको छ भने सङ्गीत सञ्चालन अरविन्द कुमार मौर्यको रहनेछ ।
नाटकमा ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो । कारागारका बन्दीहरूले रूपान्तर हुने अवसर पाउने हो भने आफूलाई सुधार्न सक्छ भन्ने कुरो नाटकले देखाउने छ ।
एन्टोन चेखव आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकोले उनको कुनै रचनालाई मञ्चमा देखाउने रहरले नाटक बनाएको निर्देशक परियारले बताए । उनले नाटक हेरेर कमेन्ट गर्न अनुरोध समेत गरे ।
शिल्पीमा अहिले नाटक ‘ए आई’को मञ्चन भइरहेको छ । बैशाख २२ गतेसम्म नाटक नियमित मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण