मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका तीन सहमहामन्त्रीमा देउवा प्यानलको अग्रता, कसको मत कति ?

बिहीबार, ०१ पुस २०७८, २० : ३२
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ । आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको ८९९ मत गनिसक्दा विकास लामाले ३५७ मत तथा भीष्मराज आङ्देम्बेले ५१८ मत प्राप्त गरेका छन् । लामा शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने  आङ्देम्बेलाई देउवा प्यानलले अगाडि सारेको थियो ।

देउवा प्यानलकी उपाध्यायको अग्रता

नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले  ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

विश्वकर्मा र जीवन परियारबीच कडा 

नेपाली काँग्रेसको सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ ।  १७  सय ८० मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।

परियारले ८३१ मत ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । यस्तै गंगा सुनारले ७० मत ल्याएकी छन् । 

परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट  चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सुनुवार भने स्वतन्त्र उम्मेदवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप