मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी उपाध्याय निर्वाचित

बिहीबार, ०१ पुस २०७८, २१ : ३५
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी 'डीना' उपाध्याय विजयी भएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा भएको मत परिणाम अनुसार सहमहामन्त्रीमा विजयी भएकी हुन् ।

 डिनाले २५३३ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ। काँग्रेस निर्वाचन समितिले मत परिणाम भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन । 

कमला पन्तलाई पराजित गरेर उनी काँग्रेसको पहिलो निर्वाचित सहमहामन्त्री भएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप