भिटामिन सीको कमिले शरीरमा कस्ता हानी ? कस्ता खानेकुरामा पाइन्छन् ?
भिटामिन सी शरीरका लागि अत्यावश्यक पोषकतत्व हो । यसले ह्वाइट ब्लड सेल्सलाई बढाएर शरीरमा रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यो एक यस्तो एन्टिअक्सिडेन्ट हो जसलाई शरीर स्वयंले बनाउँदैन । यसको कमीले हड्डी, छाला र मुटुसँग जोडिएको नसामा हानी पुग्छ । त्यसैले भिटामिन सीले भरिपूर्ण खाना र सप्लिेमेन्ट (पुरक) लाई आफ्नो भोजनमा समावेश गर्नुपर्छ ।
शरीरमा भिटामिन सीले के काम गर्छ ?
भिटामिन सी एउटा यस्तो पोषक तत्व हो जुन पानीमा घोलिन्छ । यसैले शरीरमा यसको पर्याप्त मात्रा बनाइराख्न यसको दैनिक सेवन गर्नुपर्छ । भिटामिन सीले प्रोटिनलाई बचाई राख्न सहयोग गर्छ । यसको एन्टिअक्सिडेन्ट गुणले क्यान्सर हुने सम्भावनालाई पनि कम गछ । यो पोषक तत्वले सासप्रश्वास सम्बन्धि गम्भीर संक्रमण र टिबीको रोग लाग्नबाट पनि जोगाउँछ ।
भिटामिन सीको प्राकृतिक स्रोत
सुन्तला, कागती, किवी, चेरी, ब्लूबेरी, गोलभेडा र ब्रोकाउलीमा भिटामिन सी सर्वाधिक पाइन्छ । यसका अलावा चुकन्दर, बन्दाकोभी, अमला, सलगम, मुलाको पात र खुर्सानीमा पनि भिटामिन सी पाइन्छ ।
भिटामिन सीको कमीको लक्षण
छाला सुख्खा हुने, गिजाबाट रगत आउने, शरीरमा रगतको कमी, घाउ भरिनमा लामो समय लाग्ने, कपाल सुख्खा हुनु, प्रतिरोधात्मक क्षमतामा कमी आउने, जोर्नीमा दुखाई र दाँतमा कमजोरी भिटामिन सीको कमीको प्रमुख लक्षण हुन् । यस्ता समस्या छन् भने आफ्नो भोजनमा भिटामिन सीको मात्रा बढाउनु आवश्यक छ ।
अधिक मात्रामा भिटामिन सी पनि हुन सक्छ खतरनाक
भिटामिन सीको अधिक मात्रामा सेवन पनि हानीकारक सावित हुन सक्छ । यसले शरीरमा आइरन बढ्न सक्छ । साथै पेट खराब हुनु, बान्ता लाग्नु, टाउको पोल्ने र दुख्ने हुन्छ । यसका साथै यसले निद्रा नलाग्ने समस्या पनि निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण