सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको केन्द्रीय कमिटी : यस्तो हुन्छ समावेशी प्रतिनिधित्व

आइतबार, १८ पुस २०७८, ११ : १८
आइतबार, १८ पुस २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आठौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । शनिबार पारित माओवादीको नयाँ विधानअनुसार खुला क्षेत्रबाट ५० प्रतिशत र समानुपातिक समावेशी क्लस्टरबाट ५० प्रतिशत केन्द्रीय समिति सदस्य चयन गर्ने व्यवस्था गरेको हो । कूल ५० प्रतिशत समानुपातिकमा खसआर्य, मुस्लिम, थारु, मधेसी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ ।

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने विधानको व्यवस्था छ । समानुपातिक तर्फ माओवादीबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खसआर्यबाट जम्मा ४५ जना हुनेछन् जसमा १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला, र ६ जना महिला युवा रहनेछन् ।

त्यसैगरी दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । यसमा जना पुरुष, १ जना युवा पुरुष, ११२ जना महिला र ३ जना महिला युवा रहनेछन् । मुस्लिमतर्फ ७ जना निर्वाचित हुनेमा १ पुरुष, १ पुरुष युवा, १३ जना महिला, ३ जना महिला युवा हुनेछन् ।

माओवादीको विधानअनुसार मधेसीतर्फ २३ निर्वाचित हुनेछन् । जसमा ६ जना पुरुष, १ जना पुरुष, १३ जना महिला र ३ जना महिला युवा हुनेछन् । आदिवासी जनजातितर्फ ४३ जना निर्वाचित हुनेछन् । जसमा ११ जना पुरुष, ३ पुरुष युवा, महिला २३ र महिला युवा ६ जना हुनेछन् । थारूतर्फ १० जना निर्वाचित हुनेमा २ जना पुरुष, १ जना पुरुष युवा, ६ जना महिला र १ जना महिला युवा निर्वाचित हुनेछन् ।

त्यसैगरी अपाङ्गतातर्फ २ जना निर्वाचित हुनेमा १ पुरुष र १ महिला रहनेछन् भने पिछडिएको क्षेत्रबाट पनि २ जना निर्वाचित हुनेमा महिला पुरुष एक एक जना हुनेछन् ।

समानुपातिकतर्फ : १५४

खसआर्य : ४५

दलित :२२

मुस्लिम : ७

मधेसी : २३

आदिवासी/जनजाति :४३

थारु : १०

अपाङ्गता :२

पिछडिएको :२

२९९ सदस्यमा खुलातर्फ भने १४५ निर्वाचित हुनेछन् । जसमा सबैले प्रतिस्पर्धा गर्न पाउनेछन् । निर्वाचन या सहमति जे भए पनि यही व्यवस्थाअनुसार क्लस्टरको प्रतिनिधित्व गरेर माओवादीको केन्द्रीय कमिटी बन्ने छ । साथै निर्वाचितबाहेक केन्द्रीय समितिले थप १५ प्रतिशत सदस्य मनोनयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप