बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गर्ने बेला भयो : रमेश लेखक

सोमबार, १७ वैशाख २०८१, १६ : ३४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनमा जानुपर्ने बताएका छन् । सोमबार कञ्चनपुरको वेलडाँडी गाउँपालिकास्थित चवन्नी बजारमा बजार व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा लेखकले संविधान संशोधन गर्नुपर्ने बेला भएको बताएका हुन् ।

‘२०७२ सालमा संविधान जारी भएपछि संविधानले ८ वर्ष पूरा गरेको छ,’ लेखकले भने, ‘संविधानका विविध अवसर, चुनौती, समस्या र अवसर लगायतका कुराहरूमा आवश्यक समीक्षा जरुरी भएको छ । संविधानको समीक्षा गरेर आवश्यक संशोधन गर्नुपर्छ।’ कांग्रेसले संविधान पुनरावलोकनका लागि पहल र प्रयत्न गर्नुपर्ने नेता लेखकको भनाइ थियो ।

संविधानका मूल तत्त्वहरूलाई प्रभावित नगर्ने गरी संविधान पुनरावलोकनमा जानुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप