संविधान संशोधन गर्ने बेला भयो : रमेश लेखक
सोमबार, १७ वैशाख २०८१, १६ : ३४
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनमा जानुपर्ने बताएका छन् । सोमबार कञ्चनपुरको वेलडाँडी गाउँपालिकास्थित चवन्नी बजारमा बजार व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा लेखकले संविधान संशोधन गर्नुपर्ने बेला भएको बताएका हुन् ।
‘२०७२ सालमा संविधान जारी भएपछि संविधानले ८ वर्ष पूरा गरेको छ,’ लेखकले भने, ‘संविधानका विविध अवसर, चुनौती, समस्या र अवसर लगायतका कुराहरूमा आवश्यक समीक्षा जरुरी भएको छ । संविधानको समीक्षा गरेर आवश्यक संशोधन गर्नुपर्छ।’ कांग्रेसले संविधान पुनरावलोकनका लागि पहल र प्रयत्न गर्नुपर्ने नेता लेखकको भनाइ थियो ।
संविधानका मूल तत्त्वहरूलाई प्रभावित नगर्ने गरी संविधान पुनरावलोकनमा जानुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण