माओवादी स्थायी कमिटी बैठक सकियो, केहीबेरमा बन्दसत्र सुरु हुँदै
आइतबार, १८ पुस २०७८, १६ : २८
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । ४ बजे सुरु हुने भनिए पनि केहीबेर ढिलो गरी बन्दसत्र सुरु हुन लागेको हो ।
बन्दसत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । अध्यक्ष मण्डलले पार्टीको स्थायी कमिटीको बैठक सकिएको जानकारी प्राप्त भएको र अबको केहीबेरमा पार्टी अध्यक्ष प्रचण्ड हलभित्र प्रवेश गरेलगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुने जानकारी गराएको छ ।
बन्दसत्र अघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ । आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।