बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)

पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)

सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरु भएसँगै नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल आएका छन् । 

यो सन् २०२३ को तुलनामा ३० प्रतिशत र सन् २०१९ को तुलनामा १ प्रतिशतले बढी हो ।

नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार १९१ जना पर्यटक भित्रिएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए । 

कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका थिए । पर्यटकका लागि उपयुक्त मानिने वसन्त ऋतुमा हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया