कक्षा १२ को परीक्षा केन्द्रमा मोबाइल लैजाने निषेध
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । कक्षा १२ को परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले प्रतिबन्ध लगाएको हो ।
कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको थियो । तर, केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले परीक्षा केन्द्रमा पूर्णतः निषेध गरिएको जनाएको छ ।
केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी चिट चोराउने गरेको पाइएपछि त्यस्ता मोबाइल जफत गरी कारबाही समेत गर्दै आएको बोर्डले जनाएको छ ।
विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने बोर्डले जनाएको छ । केन्द्राध्यक्षहरूले सोही अनुसार गर्न/गराउन समेत बोर्डले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण