शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा केन्द्रमा मोबाइल लैजाने निषेध

सोमबार, १७ वैशाख २०८१, १८ : ३१
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । कक्षा १२ को परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले प्रतिबन्ध लगाएको हो ।

कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको थियो । तर, केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले परीक्षा केन्द्रमा पूर्णतः निषेध गरिएको जनाएको छ ।

केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी चिट चोराउने गरेको पाइएपछि त्यस्ता मोबाइल जफत गरी कारबाही समेत गर्दै आएको बोर्डले जनाएको छ ।

विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने बोर्डले जनाएको छ । केन्द्राध्यक्षहरूले सोही अनुसार गर्न/गराउन समेत बोर्डले निर्देशन दिएको छ । 

NEB Notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप