आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा एकपछि अर्को गर्दै उम्मेदवारको घरमा बम

आइतबार, ११ असार २०७४, १४ : ३९
आइतबार, ११ असार २०७४

 
परासी–नवलपरासीको बर्दघाट नगरपालिकामा दुई फरक ठाउँमा सुतली बम फेला परेको छ । 

नगरका नेपाली कांग्रेसको मेयरका उम्मेदवार विश्वप्रेम पाठकको घर अगाडी राती सुतली बम फेला परेको थियो भने आज विहान माओबादी केन्द्रको मेयरका उम्मेदवार रुद प्रसाद उपाध्यायको घरको बाउडरी भित्र सुतरी बम फेला परेको ईलाका पं्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
 
गएराती, उम्मेदवार पाठकको घर अगाडी राखिएको गाडी मुनी सुतली बम फेला परेपछि स्थानियले पं्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि रातभरि बमलाई निगरानी गरेको थियो । फेला परेको बमलाई आज विहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
 
त्यस्तै केन्द्रका उम्मेदवार उपाध्यायको घरको बाउडारी भित्र राखिएको बम घरका एक सदस्यले आज विहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
उक्त बमलाई पनि नेपाली सेनाले आजनै डिस्पोज गरेको छ । बम भित्र छरा, तार लागायका विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । यस भन्दा अगाडी पनि  बर्दघाटमै एमालेका उम्मेदवार धिर शर्माको घर अगाडी पनि सुतरी बम फेला परेको थियो ।
 
यसरी शिर्ष दलका उम्मेदवारालाई टारगेट गरि बर्दघाटमा राखिएका बम फेला पर्न थालेपछि उम्मेदवार र घरपरिवार त्रसित भएका छन् । बर्दघाट नगरमा ३ वटा बम फेला परि सक्यो । बमको आतंकले बर्दघाट बासी त्रसित छन् । पं्रहरी उक्त क्षेत्रलाई संवेदनिशल क्षेत्रको रुपमा लिई नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाएको छ भने उम्मेदवारका घरघरमा सुरक्षाकर्मी खटाएको छ ।
बर्दघाटमा यसरी धमाधम बम फेला पर्न थालेपछि प्रहरीलाई थप चुनौती थपिएको छ । बर्दघाट नगरपालिकामा राखिएको बम कसले राख्यो भने अझै पत्ता लाग्न सकेको छैन ।  यद्यपी बर्दघाट नगरपालिका विप्लव समुहको पकड भएको क्षेत्र मानिन्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप