काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु
सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने काफ्लेले जानकारी दिए ।
त्यस्तै, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ । खोप शाखाका जनस्वास्थ्य अधिकृत भण्डारीकाअनुसार एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ ।
सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण