आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण बढेसँगै विमानस्थलमा कडाइ

खोप कार्ड बोक्न, स्वागत र बिदाइमा आफन्त नल्याउन आग्रह
मङ्गलबार, २७ पुस २०७८, १२ : ४१
मङ्गलबार, २७ पुस २०७८

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।

स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

यता, आन्तरिक उडानतर्फ पनि एयरलाइन्सहरूले यात्रुहरूलाई अर्कोपटक देखि खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा बोक्न आग्रह गरेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।

नेपाल नागरिक उड्डयन कार्यालयको सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप